१९ असार २०८३, शुक्रबार

आत्महत्या दुरुत्साहन आरोपमा ५० वर्षीय मण्डल पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा ५० वर्षीय मण्डल पक्राउ

सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् । पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दवाव दिँदै गाउँघरमै बस्दै आएका  मण्डललाई राजविराज आएका बेला प्रहरीले पक्राउ गरेको हो ।

 आरोपितलाई आज सप्तरी जिल्ला अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडित १७ वर्षीयामाथि भदौ २९ गते चार जनाले बलात्कार गरेको जानकारी दिँदै पीडित र पीडितकी आमा प्रहरीसमक्ष जान खोज्दा पञ्चले रोकेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्