३१ जेठ २०८३, आइतबार

थप २७६ सङ्क्रमित निको, ९४ थप

पुस ६, २०७७
थप २७६ सङ्क्रमित निको, ९४  थप

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २५ हजार ३९५ पुगेको छ ।

    सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेशमा ७५० को पिसिआर परीक्षण गरिएकामा ४१ महिला र ५३ पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये मोरङका ५२ मध्ये विराटनगरका २७, सुनसरीका १९, झापाका आठ, सङ्खुवासभाका तीन, इलामका दुई तथा भोजपुर, उदयपुर, पाँचथर एंव ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका छ जना  छन् ।

    हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २९ हजार ४२६ पुगेको  छ । अहिलेसम्म दुई लाख पाँच हजार छ जनाको पिसिआर परीक्षण  सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्