
उत्तर प्रदेशको आगरामा मंगलबार बिहानै एक ठूलो दुर्घटना भएको छ ।
यमुना एक्सप्रेसमा एक कन्टेनर कारसँग ठोक्किएको छ । दुर्घटनामा ५ मानिस जिउँदै जलेर मरेका छन् ।
गलत दिशाबाट आएको नाल्याण्ड नम्बरको कन्टेनरका कारण दुर्घटना भएको बताइएको छ ।
मृत्यु हुनेहरु सबै लखनउका रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
जो लखनउबाट दिल्लीतर्फ गइरहेका थिए । प्रहरीका अनुसार याै दुर्घटना आज बिहान चार बजे भएको थियो ।
युपीको ३२ केवी ६७८८ नम्बरको स्विफ्ट डिजायर कार आगराबाट दिल्लीतर्फ गइरहेको थियो ।
त्यसैबेला एक कन्टेनर गलत दिशामा आएका कारण दुर्घटना भएको हो । कन्टेनरको डिजेल ट्यांकीसँग कार ठोक्किएको थियो ।
जसका कारण कारमा तत्काल आगलागी भएको थियो । कारमा लागेको आगो यति भीषण थियो कि भित्र बसेका मानिसहरु बाहिर निस्किन सकेनन् ।
जबसम्म अग्निनियन्त्रक पुगे, तबसम्म कारभित्रका सबै जिउँदै जलेर कंकाल बनिसकेका थिए ।
जिउँदै जलेर मृत्यु हुनेमा एक बच्चा, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।