२२ असार २०८३, सोमबार

मजदुरका मसिहा बने सोनु, प्रशंसकले बनाए मन्दिर

पुस ७, २०७७
मजदुरका मसिहा बने सोनु, प्रशंसकले बनाए मन्दिर

बलिउड अभिनेता सोनु सुदले लकडाउनका बेला गरिब तथा विपन्नको सहयोग गरेर सबैको दिलमा बस्न सफल भएका छन् । 

प्राय फिल्ममा भिलेनको भूमिका निभाउने सोनुले वास्तविक जिन्दगीमा एक हिरोभन्दा पनि माथिल्लो स्तरको काम गरेका छन् । करोडौं रुपैयाँले गरिब तथा विपन्न परिवारलाई सहयोग गरेका छन् । 

सोनुको कामबाट खुसी भएर तेलंगानामा केही प्रंशसकले यस्तो काम गरे, जसलाई देखेर सबै हैरान भएका छन् । 

तेलंगानाको सिद्दीपेट जिल्लास्थित डब्बा टाँडा गाउँमा स्थानीयले सोनुको सम्मानमा एक मन्दिर निर्माण गरेका छन् । आइतबार उक्त मन्दिरको उद्घाटन पनि गरिएको छ ।

मन्दिर उद्घाटनसँगै उनको आरती पनि उतारिएको छ । महिलाले पारम्पारिक पोशाक लगाएर लोक गीत पनि गाए ।

कोरोना प्रभावका कारण लकडाउनमा आपत्मा परेका असहाय तथा विपन्नलाई सहयोग गरेर सोनु सुद गरिबका लागि मसिहा बनेका छन् । 

यो मन्दिर बनाउने समूहका हिस्सा रहेका रमेश कुमारले भने, ‘सोनु सुदले देशका २८ राज्यका विपन्नलाई सहयोग गरे । जसरी महामारीका कारण लकडाउनपछि पनि सोनु मद्यत गरिरहेका छन् ।’

सोनु सुदलाई संयुक्त राष्ट्रद्वारा एजडीजी स्पवेशल ह्युमेनिटिरियन एक्सन अवार्ड प्राप्त भएको थियो । यस कारण गाउँका तर्फबाट उनलाई मन्दिर बनाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्