
सोमवार साँझ बृहस्पति र शनि ग्रह संयोजन भएर एक चम्किलो तारा जस्तो अद्भुत तथा दुर्लभ खगोलीय दृश्य देखिएको थियो । यसलाई खगोलीय भाषामा कन्जंक्सन भनिन्छ ।
लगभग ४०० वर्षपछि देखिएको यो दृश्य हेर्न मानिसहरू घरका छतमा आएका थिए ।
सन् १६२३ पछि पहिलोपटक यी दुई ग्रहहरू यति नजिक आएका देखिएका हुन् ।