२१ असार २०८३, आइतबार
केन्द्रीय समिति बैठकको निर्णय

रास्वपा अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेल

असार १७, २०८३
काठमाडौं
रास्वपा अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोग प्रमुखको जिम्मेवारी पूर्वन्यायाधीश लेखनाथ पौडेललाई दिएको छ ।  

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले पौडेललाई आयोगको प्रमुख बनाउने निर्णय गरेको सहमहामन्त्री हरि ढकालले जानकारी दिए । 

उच्च अदालतका पूर्वान्यायाधीश पौडेल सैनिक विशेष अदालतका अध्यक्ष समेत भएका थिए ।

उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

रास्वपाले निर्वाचन आयोग र लेखा आयोगमा भने पुरानै टिमलाई जिम्मा दिएको छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, पत्रकार लगायतलाई पनि धन्यवाद ज्ञापन गरेको सहमहामन्त्री ढकालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्