
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिमा दुई जनालाई मनोनीत गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनयन गरिएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम उक्त मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
