१० साउन २०८३, आइतबार

देउवा समूहको भेलामा लुम्बिनीका पूर्वमुख्यमन्त्री र मन्त्री पनि सहभागी !

असार १६, २०८३
बुटवल
देउवा समूहको भेलामा लुम्बिनीका पूर्वमुख्यमन्त्री र मन्त्री पनि सहभागी !

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षीय नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेलामा पूर्वमुख्मन्त्री तथा कांग्रेस प्रदेशसभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पनि सहभागी भएका छन् । 

नेता चौधरीसँगै शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) पनि सहभागी छन् । कांग्रेस निकट स्रोतका अनुसार चौधरी, राणासहित दर्जन सांसद भेलामा सहभागी भएका छन् । लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् ।

भेलामा कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेत जमुना ढकाल पनि सहभागी भएकी छन् । 

देउवा समूहले संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित दाङको लमहीमा मंगलबार भेला आयोजना गरेको हो । 

भेला पार्टीको १४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यतामा जारी छ । 

प्रदेशका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल गरिएको सहभागी एक नेताले जानकारी दिएका छन् । 

पार्टीभित्र एकता अपरिहार्य रहेको, फुटेर होइन, जुटेर जानुपर्छ भन्नेमा जोड दिइएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्