०६ साउन २०८३, बुधबार
सरकारका १०० दिनबारे कांग्रेस

बालेन सरकारको कार्यशैलीबारे गगनको टिप्पणी– ०७४ सालको नयाँ संस्करण

असार २१, २०८३
काठमाडौं
बालेन सरकारको कार्यशैलीबारे गगनको टिप्पणी– ०७४ सालको नयाँ संस्करण
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन नेतृत्वको सरकारको कार्यशैली ०७४ सालका केपी ओलीको जस्तो भएको टिप्पणी गरेका छन् । त्यो बेला प्रधानमन्त्रीले प्रक्रिया मिचेर नतिजाको कुरा गर्दा दुर्घटना निम्तिएको उनले स्मरण गरे ।

सरकारका सय दिनको समीक्षा सम्बन्धमा कांग्रेस पार्टी कार्यालयमा आयोजित छलफलमा सभापति थापाले बालेन सरकारको कार्यशैली ०७४ सालको नयाँ संस्करण भएको टिप्पणी गरेका हुन् ।

'सरकार सञ्चालनको तरिका म तिमीलाई परिणाम दिन्छु, प्रक्रिया गोली मार भनेको जस्तो देखियो । याद गर्नुभयो भने २०७४ सालमा नेकपाको सरकार बनेको बेला पनि त्यही भएको थियो– हामी प्रक्रिया भन्दा प्रक्रिया होइन परिणाम दिन्छौं,' थापाले भने, 'शुरु शुरूमा सबैले ताली पिटे, केही समयपछि सरकार सञ्चालन गर्ने त्यो शैलीले दुर्घटना व्यहोर्नुपर्ने अवस्था आयो ।'

अख्तियारलाई ५ वर्ष नै उठबस गराउने प्रधानमन्त्रीको अभिव्यक्तिले ०७४ सालको झल्को दिएको गगनले बताए । '०७४ सालमा देखेको हो, ठ्याक्कै नयाँ संस्करण दोहोरिएको छ । घटना हेर्नुभयो भने– मन्त्रीले ठेकेदारलाई रुखमा बाँध्छु भन्छन्, प्रधानमन्त्री अख्तियारलाई ५ वर्ष नै उठबस गराइदिन्छु भन्नुहुन्छ,' उनले भने, 'त्यो बेला पनि हामीले प्रक्रिया भनेर बोल्यो भने भीड अर्कोतिर थियो, सातो जाने गरी टेबल ठोक्थे ।'

सरकार सञ्चालनको यो कार्यशैलीले विगतमा नतिजा राम्रो नदिएको उनले स्मरण गरे । 'प्रक्रिया केही होइन परिणाम सबथोक हो, कानुन जान्दिनँ, विधि प्रक्रिया मान्दिनँ परिणाम दिन्छु । सबैले मेरो कुरा मान्नुपर्छ भन्ने सोचाइबाट सरकार अगाडि बढ्यो भने, पहिला पनि देखिसक्यौं, भोगिसक्यो, परिणाम सुखद रहेन । यसैगरी जाँदा परिणाम सुखद रहँदैन,' थापाले भने ।

सभापति थापाले सरकारले कूटनीति सञ्चालनमा पनि परिपक्वता देखाउन नसकेको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्