२३ जेठ २०८३, शनिबार

भारतको गाउँमा पसे चिनियाँ सैनिक

पुस ७, २०७७
भारतको गाउँमा पसे चिनियाँ सैनिक

भारतको लद्दाखस्थित एक गाउँमा चिनियाँ सैनिकहरू प्रवेश गरेको द टाइम्स अफ इन्डियाले खबर दिएको छ । उनीहरू दुईवटा गाडीमा बसेर भारतीय क्षेत्रमा आएको बताइएको छ । 

घटना लद्दाखको राजधानी लेहबाट १३५ किलोमिटर पूर्वमा रहेको न्योमा क्षेत्रको चानताङ गाउँमा अघिल्लो साता भएको हो । 

द टाइम्स अफ इन्डियाले यस विषयमा थप कुराकानी गर्नका लागि इन्डो टिबेटन बोर्डर पुलिसका अधिकृतहरूसँग सम्पर्क गरेको भए पनि उनीहरूले कुरा गर्न नमानेको बताइएको छ । 

गाउँलेहरूले तयार पारेको भिडियोमा देखिएअनुसार, दुई गाडीमा भरिभराउ चिनियाँ सैनिकहरूको समूह भारतीय क्षेत्रमा प्रवेश गरेको थियो । 

उनीहरूले सैन्य पोशाक नलगाएको र स्थानीय गोठालाहरूलाई आफ्नो पशु त्यहाँ नचराउन भनेको समाचारमा उल्लेख गरिएको छ । तर स्थानीयहरूले विरोध गरेपछि उनीहरू फर्किएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्