
विश्वभरमा कोरोना भाइरस लगातार आफनो कहर वर्षाउँदैछ । केही देशमा कोरोना संक्रमण विरुद्धको भ्याक्सिन दिन पनि थालिएको छ ।
यसका बावजुत कैयौं यस्ता देश छन् जहाँ कोरोनाको चपेटामा कैयौं जीन्दगी खतम हुँदैछन् ।
अहिले कोरोना भाइरसलाई लिएर एक हैरान गर्ने विषय अगाडि आएको छ । यसपटक कोरोनाले सिधा मानिसको दाँतमा आक्रमण गरेको छ ।
न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार कोरोना संक्रमित केही मानिसमा दाँत कमजोर हुने तथा भाँचिने समस्या देखिएको छ ।
यो अचम्मित लाग्ने मामला अमेरिकाको न्यूयोर्कको हो । यहाँ ४३ वर्षीया एक फराह खेमिली नामकी महिला रहँदै आएकी छन् ।
फराहलाई कोरोनाले आफ्नो चपेटामा लिएको थियो । उनी कोरोनाबाट पूर्ण रुपमा मुक्त भइसकेकी थिइन् ।
तर, एकदिन उनलाई आफ्नो दाँतमा समस्या भएको महशुस भयो । खेमिलीले आफ्नो दाँत छोएकी मात्र के थिइन्, अचानक उनको दाँत निस्केर उनको हातमा आयो ।
यसलाई देखेर उनी निकै तनावमा आइन् । दाँत झर्ने बेला न उनलाई दुखाइको महशुस भयो न रगत नै निस्कियो ।
हैरान गर्नेवाला यो मामला अगाडि आएपछि सोधकर्ताले यसमाथि अध्ययन गर्न शुरु गरेका छन् । उनीहरुका अनुसार कोरोना संक्रमणले दाँतमा पनि असर पार्ने बताएका छन् ।
केही दाँत चिकित्सकले बिना प्रमाण दाँतमा असर गर्ने बताउन नहुने उल्लेख गरेका छन् ।
यसका साथै न्यूयोर्कका अन्य व्यक्तिहरुमा पनि कोरोना संक्रमणपछि कपाल झर्ने तथा औंलामा सूजन हुने समस्या देखिएको छ ।
यूनिभर्सिटी अफ उटाहका पिरियडेन्टिक्स डा. डेभिड ओकानोका अनुसार कुनै पनि व्यक्तिको अचानक दाँत टुट्नु निकै गम्भीर कुरा हो ।
यो समस्या अझै ज्यादा भयानक हुनसक्छ । कोरोना संक्रमित हुनेअघि खेमिलीलाई दाँतसँग जोडिएको समस्या पनि थियो ।
तर, अब अचानक दाँत टुट्न थाले पनि उनलाई धेरै धुम्रपान नगर्न सल्लाह दिइएको छ । धुम्रपान धेरै गरेका कारण दाँतको आसपासका हड्डी कमजोर बनेका छन् ।
यसका साथै कुनै ठूलो दाँत स्पेसलिस्टका साथ गएर आफ्नो समस्याबारे जानकारी दिन पनि खेमिलीलाई सुझाव दिइएको छ ।