२९ जेठ २०८३, शुक्रबार

हरिबोल गजुरेल प्रचण्ड पक्षमै

हरिबोल गजुरेल प्रचण्ड पक्षमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेका बेला नेता हरिबोल गजुरेल पार्टीको बहुमत पक्ष अर्थात् अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमै रहेका जनाइएको छ ।

नेता गजुरेलका स्वकीय सचिव बिदुर खड्काले गजुरेल पार्टीको आधिकारिक लाइनमै रहेका जानकारी दिएका छन् ।

‘असंवैधानिक तरिकाले सार्वभौम संसद विघटन गरेर आर्थिक संकटमा देश आक्रान्त भएका बेला चुनाव घोषणा गरेर प्रधानमन्त्री ओलीले पार्टी, संविधान, देश र जनताप्रति ठूलो गद्दारी गरेको वर्तमान अवस्थामा उहाँ त्यसको पक्षमा हुने सवालै आउँदैन । उहाँ पार्टीको बहुमत सदस्यले गरेको आधिकारिक निर्णयभन्दा पृथक नरहेको स्पष्ट पार्न चाहन्छु,’ खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘राजनीतिमा हुने विविध संघर्षका कारण उहाँको अवसानमा आफ्नो भविष्य देख्ने संकीर्ण तत्वहरूको महत्त्वाकांक्षा पूरा हुने छैन । क. गजुरेल हिजो, आज र भोलि आफ्नो विचार, विधि, पद्धति, आन्दोलन, पार्टी र जनताप्रति जिम्मेवार र प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छु । कुनै पनि असंवैधानिक र जनविरोधी हर्कतको विरुद्धमा रहेको र पार्टीको मूल आधिकारिक धारको नेतृत्व पंक्तिमा रहेको जानकारी गराउन चाहन्छु ।’

नेता गजुरेललाई जोडेर चरित्र हत्या गर्ने गरी प्रचार गरिएकोप्रति खड्काले आपत्ति जनाएका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति –

स्थायी कमिटि सदस्य हरिवाेल गजुरेलकाे पक्षधरताबारे फाेन, सामाजिक संजाल र भेटमा जिज्ञासा राख्नुहुने कमरेडहरू, शुभचिन्तक र अाम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु कि उहाँ नेपाली कम्युनिस्ट अान्दाेलनमा अद्वित्तिय याेगदान र भूमिका निर्वाह गरेको एक असल र परिपक्व नेतृत्व भएकोले पार्टीको एकता, बिग्रह, अाचरण, विचार, कार्यदिशा, विधिपद्दति र संगठनबारे स्पष्ट बुझाईर भिजन भएको नेतृत्व भएको सबैलाई ज्ञात नै छ।

ईतिहासकाे अावश्यकताले भएको अदभूत पार्टी एकतालाई केही सानातिना विवाद र अन्तरविराेधले बिथाेल्न दिनुहुँदैन, यसका लागि सबै नेतृत्व सच्चिनु पर्छ, थाेरै त्याग गर्नुपर्छ भन्ने मान्यता उहाँको रहेको छ। सात दशकपछि नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ, त्यसको राष्ट्रिय समृद्धिमा सदुपयोग हुनुपर्छ नत्र कम्युनिस्ट पार्टी प्रति जनताको विश्वासमा कुठाराघात हुनेछ, त्यसैले एकता जाेगाउनुपर्छ भन्ने उहाँको स्पष्ट र दृढ धारणा रहेको हाे। यसका लागि यता वा उताकाे पक्ष वा विपक्षमा नाराजुलुस गर्दै सत्यमाथि पर्दा हाल्नु हुदैन भनेर स्पष्ट रुपमा दुबै अध्यक्षलाई एकता अक्षुण राख्न दबाब दिदै अाउनु भएको हाे। अब अध्यादेश ल्याउने, असंवैधानिक तरिकाले सार्वभौम संसद विघटन गरेर अार्थिक संकटमा देश अाक्रान्त भएका बेला चुनाव घाेषणा गरेर प्रधानमन्त्री अाेलीले पार्टी, संविधान, देश र जनताप्रति ठूलो गद्दारी गरेको वर्तमान अवस्थामा उहाँ त्यसको पक्षमा हुने सवालै अाउदैन। उहाँ पार्टीको बहुमत सदस्यले गरेको अाधिकारिक निर्णयभन्दा पृथक नरहेको स्पष्ट पार्न चाहन्छु ।

राजनीतिमा हुने विविध संघर्षका कारण उहाँको अवसानमा अाफ्नाे भविष्य देख्ने संकीर्ण तत्वहरूकाे महत्वकांक्षा पूरा हुनेछैन । क. गजुरेल हिजो, अाज र भाेलि अाफ्नाे विचार, विधि, पद्धति, अान्दोलन, पार्टी र जनताप्रति जिम्मेवा र प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छु । कुनै पनि असंवैधानिक र जनविरोधी हर्कतकाे विरुद्धमा रहेको र पार्टीको मूल अाधिकारिक धारको नेतृत्व पंक्तिमा रहेको जानकारी गराउन चाहन्छु । ईतिहासले धेरै ठूलो संघर्ष र वलिदानबाट निर्माण गरेको पार्टी, विचार र नेतृत्व बारे तुक्ष्छ घटनासँग दाजेर चरित्र हत्या गर्नु निम्छरो चेतनाको विम्व हाे। पार्टी एकताको पक्षमा दृढतापूर्वक भूमिका निर्वाह गराैं।

बिदुर खड्का 
स्वकीय सचिव, क.हरिवाेल गजुरेल 
नेकपा, बागमती प्रदेश कमिटी सदस्य

salt training

कमेन्ट गर्नुहोस्