
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओलीपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले प्रवक्ता परिवर्तन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शान्ता चौधरीले लोकान्तरलाई जानकारी दिइन् ।
ओलीपक्षीय केन्द्रीय सदस्यहरूको बैठक जारी छ ।