३० जेठ २०८३, शनिबार

गेम खेल्न नदिएको झोँकमा चक्कु प्रहार गरी सौतेला बाबुको हत्या

पुस ७, २०७७
गेम खेल्न नदिएको झोँकमा चक्कु प्रहार गरी सौतेला बाबुको हत्या

अनलाइन गेमका कारण युवाको दिमागमा नकारात्मकता बढ्दै गइरहेको छ । साथै अपराधिक गतिविधिलाई पनि बढावा दिइसकेको छ । 

अमेरिकाको डेट्रोइटमा एक यस्तै घटना सार्वजनिक भएको छ । जहाँ २९ वर्षका युवकले आफ्नै आमाको नाकको डाँडी भाँचेका छन् भने, चक्कुले हानेर सौतला बाबुको हत्या पनि गरेका छन् । 

क्रिस्टोफर मेक्किनी नामका युवाले आफ्ना सौतला बाबुको चक्कु प्रहार गरी हत्या गरेका हुन् । 

मिररको रिपोर्टअनुसार क्रिस्टोफर मेक्किनीका सौतला बाबुको उमेर ७१ वर्ष र आमाको उमेर ५५ वर्ष हो । दुवैलाई निद्रा लागिरहेको थियो । जसकारण उनीहरुले क्रिस्टोफरmलाई गेम लेख्नबाट रोकेका थिए । 

प्रहरीका अनुसार गेम खेल्न रोकेको भन्दै क्रिस्टोफर मेक्किनीले पहिलो पञ्च हानेर आफ्नी आमाको नाक फुटाए र फेरि चक्कुले हानेर सौतला बाबुको हत्या गरेका छन् । 

क्रिस्टोफरले पत्नीलाई बचाउनका लागि भान्साबाट चक्कुल लिएर आएका थिए । क्रिस्टोफरले सोही चक्कु खोसेर हमला गरे । त्यसपछि आमामाथि पनि हमला गरे । आमा गम्भीर घाइते भएकी छिन् । 

सौतला बाबुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइती क्रिस्टोफरकमी आमाको अस्पतालमा उपचार भइरहेको छ । 

क्रिस्टोफरले प्रहरीबाट बच्नका लागि निकै भागदौड गरे । प्रहरीलाई उनको खोजी गर्न पनि निकै कठिन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्