
सिरहा जिल्लाको सुखीपुर नगरपालिकाको कार्यालयमा मंगलवार बिहान प्रेसर कुकर बम फेला परेको छ ।
नगरपालिकाका कर्मचारीले शंकास्पद वस्तु झोलाभित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली पुगेर हेर्दा कुकर बम भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बमलाई नेपाली सेनाको टोलीले निस्क्रिय गर्ने तयारी गरिरहेको प्रहरीको भनाइ छ । बम राखेको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको जनाइएको छ ।
जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले एक विज्ञप्ति जारी गर्दै बम राखेको जिम्मा लिएको हो । विज्ञप्तिमा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई चरम दुःख दिएकाले चेतावनी स्वरुप बम राखेको जनाइएको छ ।