२५ असार २०८३, बिहीबार

प्रचण्डले पटक–पटक अपमानको विष पिउनुपर्‍यो : माधव नेपाल

प्रचण्डले पटक–पटक अपमानको विष पिउनुपर्‍यो : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक अपमानको विष पिउनु परेको बताएका छन् ।

उनले पार्टीभित्र देखिएको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण निम्तिएको दावी गरेका छन् ।

मंगलवार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित आफूपक्षीय पार्टीका केन्द्रीय कमिटी सदस्यको बैठकमा नेता नेपालले प्रचण्डले पटक–पटक अपमान व्यहोर्नुपरेको बताएका हुन् । उनले ओलीसँगको भेटमा आफूले त्यस्तो अपमान सहेर नबस्ने बताएको जानकारी गराए ।

नेता नेपालले पार्टी सचिवालय बैठक बस्नका लागि पनि धेरै पापड बेल्नुपरेको दावी गरे । ‘बैठक बोलाउन केपी ओली तयार नभएपछि आफूहरू धुम्बाराहीमा भेला भएको र मौखिक मात्र नभई लिखित रूपमा पनि आफ्ना कुरा राखौं भनेर ओलीलाई भेट्न बालुवाटार गयौं,’ नेता नेपालले भने । 

प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक अहिले चलिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनुशासनको कारवाही लगायत एजेण्डा छन् । 

salt training

कमेन्ट गर्नुहोस्