
बिहारको बेगुसराय जिल्लाको सिंगौल सहायक थाना क्षेत्रमा मंगलबार एक महिलाको हत्या गरेर मागिरहेका अपराधीलाई आक्रोशित स्थानीयले छोपेर मरणाशन्न हुनेगरी कुटपिट गरे ।
भीडको कुटपिटका कारण हत्या आरोपीको मृत्यु भएको छ । दुवै हत्याका कारण उक्त क्षेत्रमा अहिले तनाव उत्पन्न भएको छ ।
प्रहरीका एक अधिकारीका अनुसार भूमि विवादका क्रममा मचहा गाउँमा मंगलबार बिहान जयशंकर सिंह अर्थात घेटो सिंह नजिकैको उलाव गाउँका सुवोध साहको घर गएका थिए ।
त्यहाँ उनले सुवोधकी पत्नी नितु देवीलाई गोली हानेर हत्या गरे र भाग्ने कोशिसमा थिए । गोलीको आवास सुनेर स्थानीय, आफन्त सबै एकैछिनमा जम्मा भइहाले ।
सबैले जयशंकरलाई पक्राउ गरेहाले । यसपछि उनीहरुले सामूहिक रुपमा कुटपिट गरे । भीडबाट बचाएर प्रहरीले सिंहलाई उपचारका लागि सदर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
प्रहरीले दुवै शवलाई बरामद गरेको छ । र पोस्टमार्टमका लागि पठाइएको छ ।