२३ असार २०८३, मंगलबार

दाहाल–नेपाल पक्षधरद्वारा हुम्लामा राँके जुलुश

दाहाल–नेपाल पक्षधरद्वारा हुम्लामा राँके जुलुश

संसद् विघटनपछि देशभरीमा नेकपाभित्र एक नयाँ तरंग उत्पन्न भएको छ । केन्द्र मात्रै होइन जिल्ला तहसम्म कित्ताकाँट भइसकेको छ ।

हुम्लामा माधव नेपाल र प्रचण्ड पक्षधरका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राँके जुलुश निकालेका छन् । 

प्रधानमन्त्रीको कदम असवैधानिक भएको नेकपा कार्यकर्ताहरुले ७ बजे नारा र राँके जुलुश निकालेर विरोध प्रर्दशन गरेका हुन् । 

सिमकोट स्थिच एयरपोर्ट चोकबाट नेकपा कार्याकर्ताहरुले राँके जुलुश निकालेर विरोध प्रर्दशन गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष एवम नेकपा जिल्ला कमिटी सदस्य बली रावतले बताए । 

जुलुशमा असवैधानिक कदम फिर्ता गर,नेकपा एकता जिन्दावाद, जनताको जनमत कदर गर लगायतका नारा लगाइएको थियो । जुलुशमा करिब ७० जनाको सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्