
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद केन्द्र हुँदै जिल्ला तहमा पुगेको छ ।
पार्टी फुटको संघारमा पुग्दा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष छुट्टाछुट्टै बैठक गरिरहेका छन् भने जिल्लामा पार्टी कार्यालय कब्जा र तालाबन्दीको शृंखला शुरू भएको छ ।
नेकपा कैलालीको जिल्ला पार्टी कार्यालयमा प्रचण्ड पक्षका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको प्रचण्ड पक्षका एक युवा नेताले बताए ।