नेकपा सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठले नेकपाको प्रवक्ता आफू नै भएको दावी गरेका छन् ।
कुनै गुटको भेलाले आफूलाई प्रवक्ताबाट हटाउन नसक्ने दावी उनले गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय सदस्यको बैठकले श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नेकपा प्रवक्ताको जिम्मेवारी दिएको थियो ।
‘म कसैको प्रवक्ता होइन, नेकपाको प्रवक्ता हुँ, तथाकथित भेलाको निर्णयसँग मेरो सरोकार हुँदैन । म पार्टीले बनाएको प्रवक्ता हुँ,’ मंगलवार प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यको भेलापछि श्रेष्ठले भने ।
प्रचण्ड नेपाल समूहका केन्द्रीय कमिटी सदस्यको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्दै माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।