११ साउन २०८३, सोमबार

शीतल निवासमा राष्ट्रपति र चिनियाँ राजदूतबीच भेटवार्ता

शीतल निवासमा राष्ट्रपति र चिनियाँ राजदूतबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । नेकपाभित्रको विवाद उग्र बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाउनेसम्मको अर्को पक्षबाट निर्णय भएकै दिन यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन् ।
साँझ, साढे ५ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ । भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिनसकेपनि यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ नेकपामा विवाद बढ्दा यसअघि राजदूतको निकै सक्रियता हुने गरेको थिए । पछिल्लो समय भने उनी मौनजस्तै देखिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्