११ असार २०८३, बिहीबार

पूर्वएमालेमा पहिरो, पूर्वमाओवादी करिब एक ढिक्का

पुस ८, २०७७
पूर्वएमालेमा पहिरो, पूर्वमाओवादी करिब एक ढिक्का

तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपा फुटको इतिहास दोहोर्‍याउँदै मंगलबारबाट दुई धारमा विभक्त भएको छ । यो विभाजनमा तत्कालीन दुइटा पार्टी ढिक्काढिक्कै अलग भएका छैनन्, मूलतः तत्कालीन एमाले फुटेको छ ।
टोपबहादुर रायमाझी र लेखराज भट्टलगायत केही नेताबाहेक पूर्वमाओवादी धार करिब एक ढिक्का देखिन्छ । तत्कालीन एमालेको मूल नेतृत्व पंक्तिमा रहेका केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल भने विभाजित भएका छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये नेपाल र खनालसहित ९ जना मंगलबारबाट पुष्पकमल दाहालको धारसँग जोडिएका छन् । ओलीसहित ५ जना भने अर्कोतिर छन् । एक जना विद्यादेवी भण्डारी राष्ट्रपति छिन् ।
दाहाल त पार्टी एकताका क्रममा ३० महिनाअघि एउटै दलका रूपमा ओली, नेपाल र खनालसँग मिसिएका हुन् । दाहालले चार दशकदेखि नै कम्युनिस्ट पार्टीको छुट्टै धारको नेतृत्व गर्दै आएका थिए । ओली, नेपाल र खनाल भने करिब साढे चार दशकदेखि एउटै पार्टीमा अन्तरसंघर्ष र सहकार्य गर्दै हिँडेका थिए । कान्तिपुरमा खबर छ ।  

salt training

कमेन्ट गर्नुहोस्