०९ साउन २०८३, शनिबार

आज प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै

आज प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको बेला आज बुधबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय संसदीय दलको बैठक बस्दैछ ।

बुधबार बिहान साढे ११ बजे दलको बैठक बस्दैछ ।

दलको बैठक बसेर विकसित परिस्थितिबारे छलफल गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय कमिटी बैठक भोलि बिहीवार बस्ने गरी निर्धारण गरिएको छ ।

मंगलवार बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै नेपाललाई अध्यक्ष मनोनित गरेको थियो ।

बुधवारको संसदीय दलको बैठकबाट समेत ओलीलाई दल नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने नेकपा स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्