१६ असार २०८३, मंगलबार

हिउँदयामसँगै तातोपानी कुण्डमा स्थानीयको घुइँचो

पुस ८, २०७७
हिउँदयामसँगै तातोपानी कुण्डमा स्थानीयको घुइँचो
प्रतिकात्मक तस्वीर

हिउँदयाम शुरू भएसँगै हुम्लामा रहेका तातोपानीका कुण्डहरूमा नुहाउनका लागि स्थानीयको घुइँचो लाग्ने गरेको छ ।

खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरूको संख्यामा वृद्धि भएको छ ।

खार्पु तातोपानी कुण्डमा दैनिक ५ देखि १० जनासम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताइन् ।

कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरूमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्ने गरेका छन् । तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरूको उपचार हुने मान्यताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरू आउने गरेका शाहीले बताइन् ।

तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको संख्यामा वृद्धि भएको उनको भनाइ छ । 
    
खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताए । हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन् । 

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयहरू १ हप्तादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्