२९ असार २०८३, सोमबार

बाबुराम भट्टराईको टिप्पणी : ‘ओली–भण्डारीविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ’

बाबुराम भट्टराईको टिप्पणी : ‘ओली–भण्डारीविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ’

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा विचार व्यक्त गर्दै अध्यक्ष भट्टराईले संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण रहेका बताए ।

उनले लेखेका छन्, संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्म, आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बाककस न बजे बाककसुरी हुनेछ । सबैलाई चेतना भया !’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रतिपक्षी दलहरू आन्दोलनमा रहेका छन् । डा. भट्टराईले यतिबेला निर्वाचनभन्दा पनि आन्दोलनलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्