
बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयअनुसार बुधवार प्रदेशस्तरीय प्रशिक्षण गरिँदैछ ।
प्रशिक्षणमा केन्द्रबाट नेताहरू खटिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई खटाइएको छ ।
कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, बागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल खटिएका छन् ।
२ नम्बर प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो, १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे खटिएका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षले छुट्टाछुट्टै बैठक र भेला गरेपछि ओली पक्षले देशभर सक्रियता बढाएको छ ।