०४ साउन २०८३, सोमबार

हामी बलियो छौं, चुनाव चिह्न पनि हाम्रै हुन्छ : शान्ता चौधरी

हामी बलियो छौं, चुनाव चिह्न पनि हाम्रै हुन्छ : शान्ता चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री शान्ता चौधरीले अब जनताको बीचमा जानुपर्ने बताएकी छन् ।

काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित लुम्बिनी प्रदेशका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै निवर्तमान सांसद समेत रहेकी चौधरीले आफूहरूको अवस्था बलियो रहेको बताइन् ।

‘अब हामी जनताका बीचमा जान तयार हुनुपर्छ, हामीसँग जनतालाई लिएर जाने धेरै कुराहरू छन्,’ उनले भनिन्, ‘भोलि संसद विघटन फिर्ता होला भन्ने टेन्सन लिनु पर्दैन । सबै कानूनी हिसाबले हामी बलियो छौं । चुनाव चिह्न पनि हाम्रै हुन्छ ।’

अर्काे पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका साथीहरू पछुताउने बाटोमा रहेका चौधरीले दाबी गरिन् । भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत नेताहरू सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्