काठमाडौं, २ जेठ– सरकार गठन हुँदा कांग्रेससँग भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले एक साताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन् । तर, त्यसअघि संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने उनको योजना रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यस्ता छन् प्रचण्डका चार तयारी–सरकारका उपलब्धि सदनलाई जानकारी गराउने
–संविधान संशोधनमा सहमाति जुटाउने
–सरकारको नीति तथा कार्यक्रम ल्याउने
–देउवालाई प्रम पद हस्तान्तरण गर्ने