२५ असार २०८३, बिहीबार

क्युएफएक्समा ‘द इन्भिजिबल म्यान’

क्युएफएक्समा ‘द इन्भिजिबल म्यान’

नेपालको सबैभन्दा स्तरीय सिनेमा हल क्युएफएक्समा हलिउड चलचित्र ‘द इन्भिजिबल म्यान’ प्रदर्शन हुने भएको छ । खासमा नयाँ चलचित्र ‘मुलान’ सेन्सर हुन नसकेपछि पुरानै चलचित्रलाई क्यूएफएक्सले फेरि प्रदर्शन गर्ने तयारी गरेको हो ।

लेग वानेल निर्देशित हरर चलचित्र ‘द इन्भिजल म्यान’सँगै नेपाली हलमा आमा र सेन्टी भाइरस पनि प्रदर्शन हुनेछन् । आमा र सेन्टी भाइरस लकडाउन सुरु हुनेबेला प्रदर्शन भइरहेका थिए । तर कोरोना महामारीले यी चलचित्रलाई नराम्रोसँग प्रभावित बनाएको थियो ।

यद्यपि, नेपाली हलमा कुनैपनि नयाँ चलचित्र भने प्रदर्शन हुने छैनन् । चलचित्र संघले ९ महिनापछि हल खुलाउन पाउँदा खुसी व्यक्त गरेको छ । अब बिस्तारै चलचित्र उद्योग चलायमान हुने चलचित्रकर्मीहरुको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्