१० असार २०८३, बुधबार

गोपालको शब्द, स्वरूपको स्वरमा 'चोरी सुटुक्क मन' सार्वजनिक (भिडियो)

गोपालको शब्द, स्वरूपको स्वरमा 'चोरी सुटुक्क मन' सार्वजनिक (भिडियो)

गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश 'चोरी सुटुक्क मन' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन्। गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ।

यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन्। प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन्। भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ।

मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो।

salt training

कमेन्ट गर्नुहोस्