
एसपीएम क्रिएसनको आयोजनमा बुटवलमा सम्पन्न लिटिल स्कूल स्टार जुनियरतर्फको उपाधि निशांक रामामगर र रिओना भूसालले जितेका छन् ।
त्यसैगरी आफ्रिन बेगम र रियश थापा लिटिल स्कूल स्टार लुम्बिनीको उपाधि जिते ।
कोभिड–१९को सुरक्षा मापदण्डसहित सम्पन्न कार्यक्रममा सञ्जना भण्डारीले मिस टिन लुम्बिनी २०२० को ताज पहिरिन सफल भइन् ।
कार्यक्रमको अध्यक्षता एसपीएम क्रिएशनका सीईओ पवन आचार्यले गरेका थिए भने प्रमुख अतिथिमा प्रदेश–५ की सांसद दीपा विश्वकर्मा साथै मुख्य अतिथिको भूमिकामा आनिक राना मगर उपस्थित थिए ।
निर्णायकको भूमिकामा युथ आइकन तथा अभ्यानी प्रोडक्सनका सीईओ अभिविन्द खनिया, फेसन कोरियोग्राफर सुजित बस्याल तथा मिस लुम्बिनी कल्चरकी विजेता अलिशा श्रेष्ठ थिए ।
उपाधितर्फ मोस्ट एक्टिभ तथा मोस्ट फ्रेन्डली सिद्देश न्यौपाने, मोस्ट कन्फिडेन्ट निशांक राना मगर, बेस्ट वाक तथा मोस्ट ह्याड्सम रेहान अलि, मोस्ट ट्यालेन्ट रिओना भुसाल, बेस्ट पर्सनालिटी तथा मोस्ट चार्मिङ सुप्रिम पोख्रेल, मोस्ट डिस्सीपिल्न्ड तथा लिटिल पपुलर संजोग खड्का, मोस्ट फोटोजेनिक आफ्रिन बेगम, मोस्ट इन्टेकेल्कचुअल रियास थापा त्यसैगरी टिनतर्फ मिस ट्यालेन्ट सन्जना भण्डारी, मिस ब्युटिफुल तथा फेसन आइकन अर्जिना अधिकारी, मिस फोटोजेनिक तथा बेस्ट वाक कविता महतोले हात पार्न सफल भए ।
यस सौन्दर्य प्रतियोगिताको सहयोगीको भूमिका अभ्यानी प्रोडक्सन, आर्चिज ग्यालरी, आर. एस अस स्टाइल, ओली एण्ड एसोसियट्स, जयन टेक्निकल कलेज, मुभी कल्व नेपाल, ट्रोल बुटवल, साइन डिजाइन एण्ड प्रिन्ट, एस जे फोटोग्राफी जीबीए सलोन, अव्सेशन कस्मेटिक्स, थ्री एम, सिम्प्यान एसेसोरिज, टुटु कस्मेटिक्स रहेका थिए भिडियोग्राफरमा सुरज पौडेल साथै फोटोग्राफीमा एस जे फोटोग्राफी सुलज श्रेष्ठको मुख्य भूमिका रहेको थियो ।
अफिसियल ड्रेस डिजाइनर जयन टेक्निकल कलेज, रेशम न्यौपाने केरियोगाफर र सुमन श्रेष्ठ सञ्चालनको भूमिकामा थिए ।