२४ जेठ २०८३, आइतबार

सुनको मूल्य बढ्यो

पुस ९, २०७७
सुनको मूल्य बढ्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बिहीवार प्रतितोला १०० रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला ९०० रुपैयाँले बुधवार ओरालो लागेको सुनको मूल्यमा बिहीवार झिनो सुधार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बुधवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन बुधवार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । बुधवार भने प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी बुधवारको तुलनामा बिहीवार प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्