३० असार २०८३, मंगलबार
फिफा विश्वकप–२०२६

केप भर्डेसँग अर्जेन्टिनाको संघर्षपूर्ण जीत

असार २०, २०८३
काठमाडौं
केप भर्डेसँग अर्जेन्टिनाको संघर्षपूर्ण जीत

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । शनिबार बिहान मियामी स्टेडियममा भएको रोमाञ्चक खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो। २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए ।

त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर, १११औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्