२४ जेठ २०८३, आइतबार

चिनियाँ राजदूत यान्छीले गरिन् प्रचण्डसँग भेटवार्ता

चिनियाँ राजदूत यान्छीले गरिन् प्रचण्डसँग भेटवार्ता

प्रतिनिधिसभा विघटन तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको स्थिति देखापरेको समयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । 

प्रचण्डलाई भेट्न बिहीवार बिहान राजदूत यान्छी खुमलटारस्थित निवास पुगेकी थिइन् ।

यसअघि नेकपाभित्र विवाद बढ्दा चिनियाँ राजदूतले मिलाउन प्रयास गरेको चर्चा हुने गरेको थियो । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको स्रोतले बतायो । 

प्रतिनिधिसभा विघटनसँगै नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड समूहले छुट्टाछुट्टै बैठक गर्दै आएका छन् । प्रचण्ड–नेपाल पक्षले बुधवार प्रचण्डलाई नेकपा संसदीय दलको नेता बनाएको थियो ।

संसदीय दलको नेता बनेलगत्तै प्रचण्डले संसद पुनःस्थापना र नयाँ सरकार गठनमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्