०९ असार २०८३, मंगलबार

४ ओटै महानगरपालिकामा एमालेको अग्रता (ताजा मतपरिणामसहित)

कात्तिक २०, २०७४
४ ओटै महानगरपालिकामा एमालेको अग्रता (ताजा मतपरिणामसहित)
काठमाडौं, २ जेठ– पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा चार ओटै महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।Vote-Count-New-2_1
पछिल्लो मतपरिणामअनुसार काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरमा एमालेले अग्रता लिएको हो ।
भरतपुर महानगरपालिकाको जारी मतगणनामा फेरि एमालेले अग्रता लिएको छ । एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले रेणु दाहाललाई पछि पारेका हुन् ।
देवीले ५३१ मत ल्याउँदा रेणुले ४५१ मत ल्याएकी छन् । यस्तै उपमेयरमा पनि एमालेकै दिब्या शर्माले ४५६ मतका साथ अग्रता लिएकी छिन् । यस्तै कांग्रेसकी पार्वती शाहले ४५४ मत ल्याएकी छन् । भरतपुरमा कांग्रेस–माओवादीको गठबन्धन भएपनि एमाले अघि देखिएको हो ।

सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना रोचक बन्दै गएको छ । सुरु देखिनै पहिलो पटक चुनाव लडेका साझा पार्टीका किशोर थापाले राम्रो मत ल्याएका छन् । एमालेका विद्यासुन्दर शाक्यले भन्दा केहि कम मात्र मत ल्याएका छन् । एमालेका विद्यासुन्दर शाक्यले १६१ मत ल्याउँदा किशोर थापाले ११४ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै कांग्रेसका राजुराज जोशीले १०१ मत ल्याएका छन् भने विवेकशील नेपाली दलकी रञ्जुु दर्शनाले ७९ मत ल्याएकी छन् ।
यस्तै उपमेयरतर्फ कांग्रेसकी हरिप्रभा खड्कीले १४२ मत, राप्रपाका राजाराम श्रेष्ठले ११३ मत र साझा पार्टीकी निरुपमा यादवले ८४ मत ल्याएकी छन् । काठमाडौंमा मेयर र उपमेयरमा एमाल–राप्रपाबीच तालमेल रहेको छ ।

लेखनाथ महानगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । जवकी पोखरा महानगरमा कांग्रेस– माओवादी गठबन्धन रहेको छ ।
कांग्रेस माओवादी गठबन्धनबाट रामजी कुँवरबाट ६६५ मत प्राप्त गरेका छन् । एमालेका मानबहादुर जिसी भने ९३१ मतका साथ अग्रस्थानमा रहेका छन् । यस्तै नयाँ शक्तिका हुमबहादुर तामाङ १४७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर महानगरको मेयरमा एमालेको अग्रता कायमै रहेको छ । मंगलबार बिहानसम्म एमालेका हरिकृष्ण व्यञ्जनकारले २६२५ मत ल्याएका छन् भन् कांग्रेसका चिरिबाबु श्रेष्ठले २१७७ मत ल्याएका छन् ।
यस्तै माओवादी केन्द्रका दीपेश महर्जनले ८४७ मत ल्याएका छन् । ललितपुरमा एमाले–राप्रपाको गठबन्धन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्