
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।
राजधानी काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा बैठक शुरू भएको हो ।
बैठकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीको महासचिव बनाउने प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
पाण्डेलाई महासचिव बनाउने प्रस्तावमाथि बैठकमा छलफल हुने नेता सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
यसअघि प्रचण्ड–नेपाल पक्षका शीर्ष नेताहरूको बैठकले पाण्डेलाई महासचिव बनाउने निर्णय गरेको थियो । यसअघि तत्कालीन नेकपा एमालेको महाधिवेशनमा पाण्डे महासचिव पदमा ईश्वर पोखरेलसँग झिनो मतले पराजित भएका थिए ।
उता, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति सदस्यहरूको बैठक पनि बालुवाटारमा शुरू भएको छ । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएका छन् ।