०७ असार २०८३, आइतबार

सबै तहका कर्मचारीको तलब बढाउन सरकारलाई अख्तियारको सुझाव

सबै तहका कर्मचारीको तलब बढाउन सरकारलाई अख्तियारको सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारीको यथोचित तलब बृद्धिका लागि सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा आर्थिक बृद्धि र महंगीको अनुपातमा तलब बृद्धि हुने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्था अनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसक्ने गरी यथोचित तलब लगायत आवास, शिक्षा, स्वास्थ्य जस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यबृद्धिको अनुपातमा स्वतः तलब बृद्धि हुने व्यवस्था गर्ने ।’

कमेन्ट गर्नुहोस्