२६ जेठ २०८३, मंगलबार

नेपाली सेनाले अफ्रिकामा विद्रोहीको हमला विफल पार्‍यो

नेपाली सेनाले अफ्रिकामा विद्रोहीको हमला विफल पार्‍यो

काठमाडौं– सेन्ट्रल अफ्रिका रिपब्लिकको ठुलो सहर बान्गुईलाई विद्रोहीको कब्जा हुनबाट शान्ति सेनाका खटिएको नेपाली सेनको टोलीले जोगाएको छ ।
नेपाली सेनाको श्री रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीहरुको आक्रमणको प्रयासलाई विफल पारेको नेपाली सेनाले जनाएको हो ।

घटना पश्चात विद्रोही समूहबाट ठुलो संख्यामा हात हतियार र विष्फोटक पदार्थ नियन्त्रणमा लिएको छ र उक्त कारवाहीमा सहभागी नेपाली सैनिकहरु सबैजना सकुशल रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
 पुष ७ गते विद्रोही समूह  युनियन फर पीस इन सीआरले अफ्रीका रिपब्लीकको चौथो ठुलो शहर बमबारी लाई नियन्त्रणमा लिएपछि सो को प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको गणको एक गुल्म परिचालन भई विद्रोही विरुद्ध प्रतिकारात्मक कारवाही गर्दै उनीहरुलाई पछि हट्न बाध्य बनाएको सेनाले जनाएको छ ।

आगामी पौष १२ गते हुन गईरहेको आम निर्वाचनमा पूर्व राष्ट्रपति फ्रानकोइस बोन्जीज्लाई निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरेपछि शुरु भएको सशस्त्र विद्रोहले उग्ररुप लिन थालेपछि उक्त निर्वाचन हुने वा नहुने भन्ने अनिश्चित बन्दै गएको परिस्थिति मा विपक्षी राजनीतिक दलहरुले पनि शान्ति सुरक्षाको अवस्था प्रति चिन्ता गर्दै निर्वाचनको मिति सार्न सरकारलाई अनुरोध गरेको नेपाली सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्