०३ साउन २०८३, आइतबार

‘प्रतिनिधि सभा विघटन अग्रगामी कदम, पुनःस्थापना हुन्छ भन्नु स्याल हुइयाँ’

‘प्रतिनिधि सभा विघटन अग्रगामी कदम, पुनःस्थापना हुन्छ भन्नु स्याल हुइयाँ’

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधि सभा पुनर्गठन हुन्छ भन्नु पश्चगामी सोच र स्याल हुइयाँ मात्र भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधि सभा विघटनलाई अग्रगामी र क्रान्तिकारी कदम भएको दावी गरे ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकलाई बिहीवार बालुवाटारमा सम्वोधन गर्दै गृहमन्त्री थापाले निर्वाचन मात्र अग्रगामी कदम भएको बताएका हुन् ।
‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम हो । विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुन्छ भन्नु पश्चगामी र स्याल हुइयाँ मात्र हो । हामीले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याउनु पर्छ’ राष्ट्रिय सभा सदस्य समेत रहेका थापाले बालुवाटार भेलामा भने ।

पार्टीमा गुटबन्दी र अराजकता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले जन्माएको दावी थापाले गरे । उनले आफूले सोच बिचार गरेरै नेकपाको मूल नेतृत्वलाई साथ दिएको बताए । साथै नेकपाको मूल नेतृत्व केपी ओली नै भएको बताए ।

लामो समयको मौनता तोड्दै थापा ओली क्याम्पमा गएका हुन् । ओली समूहमा सहभागि हुने थापा पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । बादलले ओली रोजेपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले बादलको साथ छाडेका छन् ।

बादलका राजनीतिक सल्लाहकारबाट अलग भएका सुवेदी प्रचण्ड नेपाल पक्षको बैठकमा सहभागि भएका छन् । प्रचण्डनिकट मानिने कर्णाल प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी पनि प्रचण्ड कित्तामा फर्किएका छन् ।

ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरित काम गरेको भन्दै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ।

salt training

कमेन्ट गर्नुहोस्