

चितवन, २ जेठ– जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले पुनः अग्रता लिएका छन् । ताजा मतपरिणामअनुसार एमालेका तर्फबाट एमालेका उम्मदेवार ज्ञवालीले ५३४ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेस–माओवादी केन्द्र गठवन्धनकी साझा उम्मेदवार प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहालले ५०० मत प्राप्त गरेकी छन् ।
केही समय अघिसम्म रेणुले अग्रता लिइरहेकी थिइन् । अहिले भने एमालेका उम्मेदवारले अग्रता लिएका छन् । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
उपमेयरको मतपरिणाममा भने कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार पार्बत शाहले अग्रता लिएकी छन् । ताजा मतपरिणामअनुसार पार्बतीले ५५२ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्माले ४५६ मत प्राप्त गरेकी छन् ।