०६ साउन २०८३, बुधबार

लभ ट्रायङगलको चक्करले दुई जनाको हत्या !

पुस १०, २०७७
लभ ट्रायङगलको चक्करले दुई जनाको हत्या !

रुसका एक व्यापारीले लभ ट्रायङगलको चक्करमा आफ्नी प्रेमिका र उनका ९ वर्षीय भाईको दर्दनाक हत्या गरेका छन् । 

रुसको नोवोस्सिय्स्कमा लभ ट्रायङगलको चक्करमा एक व्यापारीले आफ्नी २६ वर्षीएमा गर्लफ्रेण्डको निर्मम तरिकाले हत्या गरेका हुन् ।

त्यसपछि उनको साथमा रहेका ९ वर्षीया भाईको पनि हत्या गरेका छन् । 

प्रहरीले यस घटनामा हत्यारा अक्षिनलाई पक्राउ गरेको छ र छानबिन गरिरहेको छ । 

हातखुट्टा बाँधेर कुटपिट र हत्या 

३२ वर्षीय अक्षिन गुसिनोव आफ्नी प्रेमिका भिक्टोरिया मकारोवाको घरमा साँझ पुगे । त्यहाँ सामान्य विवादपछि भिक्टोरियाको हातखुट्टा बाँधेर पिट्न थाले ।

त्यसपछि बादरुममा लिएर टाउको निर्मम तरिकाले प्रहार गरे । भिक्टोरिया मकारोवाको हत्यापछि अक्षिनले आफ्नो रिस शान्त पार्न प्रेमिकाका ९ वर्षीय भाईको पनि हत्या गरेका छन् ।

प्रहरीलाई दिएको बयान अनुसार पहिला कुटपिटपछि दुई हात मरोडदिए । त्यति गर्दा जिउँदै देखेपछि धारिलो हतियार प्रयोग गरी हत्या गरे । 

लभ ट्रायङगलको चक्कर 

हत्यापछि अक्षिनले एक न्यूज च्यानललाई भिडियो क्लीप पठाएका थिए । भिडियो हेर्दा प्रेमिकाले धोका दिएको पाइएको छ । अरु कसैसँग सम्बन्ध बनाएपछि अक्षिनले हत्यासम्मको कदम उठाएको बताएका छन् । 

उनले भिडियोमा भनेका छन्, ‘कैयौं मलाई अपराधी मान्नेछन्, कैयौं मेराविरुद्ध आलोचना गर्नेछन् । हामी साथमा बस्थेनौं । तर, हरेक दिन हाम्रो सम्पर्क हुन्थे । भेट्थ्यौं र हामीले कैयौं पटक शारीरिक सम्बन्ध पनि बनायौं । मैले यसलाई आर्थिक सहयोग पनि निके गरेँ । तर, उसले मलाई धोका दिइ ।’

भिक्टोरिया मकारोवाका अर्का ब्वाइफ्रेन्ड यूरीले रुसी सञ्चारमाध्यमसँग कुरा गर्दै भिक्टोरिया र अक्षिनबीको सम्बन्धबारे आफू जानकार नभएको बताएका छन् । 
 

कमेन्ट गर्नुहोस्