२३ असार २०८३, मंगलबार

पूर्वपत्नीसँग वण्डर वुमन हेर्न हल पुगे ऋतिक रोशन

पुस १०, २०७७
पूर्वपत्नीसँग वण्डर वुमन हेर्न हल पुगे ऋतिक रोशन

अभिनेत्री गेल गेडोटको सुपरहिरो फिल्म ‘वण्डर वुमन १९८४’ रिलिज भइसकेको छ । डिसी कमिक्सको यो फिल्म भारतसहित सबै देशमा रिलिज भएको हो । अन्य देशमा आजदेखि रिलिज भएको फिल्म भारतमा हिजै रिलिज भएको हो । 

यो फिल्म देख्नका लागि हिजो बलिउड स्टार ऋतिक रोशन फिल्म हल नै पुगेका थिए । उनी आफ्नो पूरा परिवारको साथ बिहीबार फिल्म हेर्न पुगेका हुन् ।

ऋतिकका साथ उनको पूर्व पत्नी सुजैन खान र उनका दुई बच्चा पनि थिए । यसको जानकारी ऋतिक रोशन आफैंले यसबारे ट्वीटरमार्फत जानकारी दिएका हुन् । 

तस्वीर शेयर गर्दै उनले लेखेका छन्, ‘अहिले हामीले वण्डर वुमन देख्यौं । शानदार अनुभव रहेको छ । आइम्याक्सको अनुभवका साथ मेरो बाल्यकालकी क्रस (वण्डर वुमन) र मेरो पहिलो प्यार (फिल्म) को आनन्द आयो । यसभन्दा राम्रो पल अरु कुनै हुन सक्दैन । धन्यवाद गेड गडोट एक प्रफेक्ट वण्डर वुमन बनेकोमा । साथै फिल्मको पूरै टिमलाई बधाइ छ ।’

यसपछि ऋतिक रोशनको यस ट्वीटमा वण्डर वुमनले रिप्लाई दिएकी छन् । गेल गेडोटले रिप्लाई गर्दै लेखेकि छन्, ‘निकै खुसी लाग्यो कि तपाईलाई फिल्म राम्रो लाग्यो । तपाई र तपाईको परिवारलाई एक राम्रो होलिडेको शुभकामना ।’ 

salt training

कमेन्ट गर्नुहोस्