०८ असार २०८३, सोमबार

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

शुक्रवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार  भएको थियो । 

महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्