२८ जेठ २०८३, बिहीबार

छातीमा सूर्य चिह्नको प्लेकार्ड टाँसेर पैदल हिँड्दै प्रचण्ड–नेपाल माइतीघरबाट निर्वाचन आयोगतर्फ

छातीमा सूर्य चिह्नको प्लेकार्ड टाँसेर पैदल हिँड्दै प्रचण्ड–नेपाल माइतीघरबाट निर्वाचन आयोगतर्फ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहका नेताहरू काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन सकेर निर्वाचन आयोगतर्फ लागेका छन् ।

बिहान १० बजेदेखि झण्डै एक घण्टा मण्डलामा प्रदर्शन गरेका प्रचण्ड–नेपाल हिँड्दै मण्डलाबाट निर्वाचन आयोगतर्फ लागेका हुन् । 

मण्डलाबाट कान्तिपथस्थित निर्वाचन आयोगको दूरी झण्डै डेढ किलोमिटर छ । नेकपा केन्द्रीय सदस्य र विघटित प्रतिनिधि सभाका सदस्यहरू पनि र्‍यालीमा सहभागी छन् ।

आफूहरूसँग बहुमत सदस्य रहेकाले आधिकारिक नेकपाको दाबी प्रचण्ड–नेपाल समूहले गरेको छ । 

प्रतिनिधि सभा विघटनपछि नेकपा दुई चिरामा विभक्त भएको छ । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पनि आधिकारिकताको दाबी सहित आयोगमा पत्र पठाइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्