२६ जेठ २०८३, मंगलबार

प्रचण्ड र नेपाल समूह निर्वाचन आयोगमा

प्रचण्ड र नेपाल समूह निर्वाचन आयोगमा

आफूहरूलाई आधिकारिकता दिन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन अयोग पुगेका छन् ।

माइतीघर मण्डलाबाट नाराबाजी गर्दै प्रचण्ड नेपाल समूह आयोग पुगेको थियो । प्रहरीले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेता निर्वाचन आयोगमा छन् ।

उनीहरूसँगै गएको जुलुस भने जमलको ज्योति भवन अगाडि छ । आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनीहरू सूर्य चुनाव चिह्न बोकेर आयोगतर्फ गएका थिए ।

नेकपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्