०८ साउन २०८३, शुक्रबार

बलिउडमा डेभ्यू गर्दै रश्मिका

बलिउडमा डेभ्यू गर्दै रश्मिका

दक्षिण भारतको सुपरहिट फिल्म ‘डियर कमरेड’मा काम गरेपछि एकाएक चर्चाका शिखरमा पुगेकी अभिनेत्री रश्मिका मन्दला बलिउडमा डेभ्यू गर्दैछिन् ।

फिल्म ‘मिसन मज्नु’ मा उनी अभिनेता सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिन लागेकी हुन् । बुधवार यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।

भारतको सबैभन्दा महत्वाकांक्षी गुप्त अभियानमा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।
 
फिल्म १९७० को दशकमा भएको वास्तविक घटनाबाट प्रेरित छ । भारत र पाकिस्तानबीच सम्बन्ध विग्रनुको मुख्य कारण फिल्मले देखाउनेछ ।

रोनी स्क्रूवाला, अमर बुटाला र गरिमा मेहताले फिल्मको निर्माण गर्नेछन् । 

परवेज शेख, असीम अरोरा र सुमित बठेजाले लेखेको यो थ्रिलर फिल्ममा सिद्धार्थ मल्होत्राले एक रअ एजेन्टको भूमिका निभाउँदैछन्, जसले मिसनको नेतृत्व गर्छन् ।

शान्तनु बागचीले यो फिल्मबाट निर्देशनमा डेभ्यू गर्दैछन् । 

आफ्नो बलिउड डेभ्यूलाई लिएर रश्मिका मन्दनाले भनेकी छन्, ‘मैले हरेक भाषाका दर्शकको निकै माया पाएको छु । एक अभिनेत्रीको रुपमा मलाई यो सधैं हुन्छ कि फिल्मको कहानीलाई म आफूसँग जोड्छु र फिल्मको भाषा मेरो लागि कहिल्यै बाधा बनेन । (मिसन मज्नु) टिमको हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु ।’

salt training

कमेन्ट गर्नुहोस्