
हरेक बाबुले आफ्ना सन्तानले राम्रो बाटो अपनाउन भन्ने चाहान्छन् । बाबु भएका नाताले बालबच्चालाई लगनशील बनुन् भनेर कहिलेकाँही गाली पनि गर्दछन् ।
तर, आजभोलीका बच्चाबच्ची त्यसलाई उल्टो अर्थले सम्झिन्छन् र अनेक हरकत गर्न भ्याउँछन् । भारतको बरेलीमा एक यस्तै घटना भएको छ ।
यहाँको शुभाषनगरमा बस्दै आएका एक ११ कक्षामा पढ्ने विद्यार्थीले बाबुले गाली गरेको भन्दै गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
१७ वर्षीय शुनीलकुमार नामका किशोरले अनलाइन परीक्षा नदिएपछि उनका बाबुले गाली गरेका थिए ।
सोही गाली सहन गर्न नसकेर उनले गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार अनलाइन परीक्षा नदिएपछि किशोरका बाबुले गाली गरेका थिए ।
त्यसपछि आफूलाई स्टोर रुमभित्र बन्द गरेर गोली प्रहार गरेको प्रहरीले बताएको छ ।
उनको साथमा एक स्थानीय पेस्तोल भएको पाइएको छ ।