२३ जेठ २०८३, शनिबार

अफगानिस्तानमा चीनका १० गुप्तचर पक्राउ, उइगुरविरद्ध सूचना संकलनमा संलग्न

पुस १०, २०७७
अफगानिस्तानमा चीनका १० गुप्तचर पक्राउ, उइगुरविरद्ध सूचना संकलनमा संलग्न

अफगानिस्तानको राजधानी काबुलमा चीनका १० जना गुप्तचरहरूले चलाएको आतंकवादी सेलको भण्डाफोर भएपछि बेइजिङले बेइज्जती सहनुपरेको छ । 

त्यहाँको राष्ट्रिय सुरक्षा निर्देशनालयले चिनियाँ नागरिकहरूलाई जासूसी गरेको तथा आतंकवादमा संलग्न भएको आरोपमा हिरासतमा लिएको छ । 

गत डिसेम्बर १० मा निर्देशनालयले कारवाही शुरू गरेको हो । 

उक्त दिन निर्देशनालयले चिनियाँ नागरिक ली याङयाङलाई काबुलस्थित निवासबाट पक्राउ गरेको थियो । उनी गत जुलाई महिनादेखि त्यहाँ कार्यरत थिए । 

उनको घरबाट हातहतियार र विस्फोटक पदार्थ बरामद गरिएको बताइएको छ । 

त्यही दिन अर्की चिनियाँ नागरिक शा हुङ पनि पक्राउ परेकी थिइन् । उनी काबुलको शिरपुर इलाकामा बस्ने गरेकी थिइन् र उनको घरमा पनि विस्फोटक सामग्री राखिएको थियो । 

उनीहरू दुईजना पक्राउ परेपछि अन्यलाई पनि समातिएको थियो । 

उनीहरूले हक्कानी नेटवर्क नामक आतंकवादी संगठनका शीर्ष नेताहरूलाई भेटेको बताइएको छ । 

पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले चिनियाँ जासूस र हक्कानीबीच मध्यस्थता गराएको बताइएको छ । 
 

याङयाङले अल कायदा, तालिबान र उइगुर मुसलमानहरूको सूचना कुनार र बदख्शान प्रान्तबाट लिइरहेको बताइएको छ । 

चिनियाँ गुप्तचरहरूलाई पक्राउ गरेपछि राजनीतिक परिणाम आउने पक्का छ । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीलाई पछिल्लो घटनाक्रमको जानकारी गराइएको छ । उनले वरिष्ठ उपराष्ट्रपति अमरुल्लाह सालेहलाई छानबिनका लागि आदेश दिएका छन् । 

बेइजिङले औपचारिक माफी मागेमा अफगानिस्तानले माफी दिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्