१८ असार २०८३, बिहीबार

बलात्कारको मुद्दा दर्ता गराउन गएकी पीडितलाई प्रहरी चौकीमै बलात्कार भएपछि...

पुस १०, २०७७
बलात्कारको मुद्दा दर्ता गराउन गएकी पीडितलाई प्रहरी चौकीमै बलात्कार भएपछि...

पाँच पुरुषद्वारा बलात्कारको शिकार बनेकी महिलालाई प्रहरी चौकीमा उजुरी गर्न जाँदा प्रहरीले उल्टै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 

पीडित महिलाका अनुसार आफूले बलात्कारमा परेको घटनाबारे गुनासो गर्न जाँदा उल्टै प्रहरी सव इन्सपेक्टरले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । 

यो घटना भारतको जलालाबाद प्रहरी चौकीको हो । ३५ वर्षीया एक महिलाले ३० नोभेम्बरमा उजुरीका लागि जाँदा उजुरी दर्ता गर्ने बाहनामा नजिकैको कोठामा लिएर आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । 

बरेलीका एडीजी अविनाश चन्द्रले महिलाको गुनासोप्रति छानबिन गर्न आदेश दिएइका छन् । एसपी सञ्जयकमाुरले आरोप गम्भीर भएकाले प्रहरीले संवेदशीलताका साथ छानबिन गरिरहेको बताएका छन् ।

पीडित महिला एकल हुन् । ३० नोभेम्बरमा पाँच जनाले आफूलाई जबरजस्ती कारभित्र खिचेको र खेतमा लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

आफू तत्काल भागेर जलालबाद प्रहरी चौकी आए पनि त्यहाँ उजुरी दर्ता गर्ने बाहनामा सब–इन्सपेक्टरले पनि यौन शोषण गरेको उनको आरोप छ ।

स्थानीय प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरे पनि आफूले वरिष्ठ अधिकारीसँग गुनासो गरेको बताएकी छन् । 

एक प्रहरी अधिकारीले भने, ‘महिलाललाई कुनै घटनालाई निप्टाउनका लागि प्रयोग गरिएको छ । शाहजहाँपुरमा पहिले नै यौन उत्पीडनका चार घटना उनले दर्ता गराइसकेकी छन् । अहिलेसम्म उनले एक दर्जन बढी यौन उत्पीडनको गुनासो दर्ता गरेकी छन् ।’

प्रहरीले सबै कोणबाट प्रहरी र महिलामाथि नै अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्