२१ असार २०८३, आइतबार

अश्लील भिडियो दुरुपयोग गरी 'ब्ल्याकमेल' गरेको आरोपमा एक जना पक्राउ

असार १८, २०८३
काठमाडौं
अश्लील भिडियो दुरुपयोग गरी 'ब्ल्याकमेल' गरेको आरोपमा एक जना पक्राउ

अश्लील भिडियो तथा तस्वीर दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका २० वर्षीय पवन निसाद छन् । उनलाई प्रहरीले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पीडित महिलासँग सम्बन्धमा रहँदा खिचिएका भिडियो तथा तस्वीर दुरुपयोग गर्दै आरोपितले ब्ल्याकमेल गर्नुका साथै दुःख–हैरानी दिँदै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए ।

पीडित महिलाले माग पूरा नगरेपछि ती भिडियो तथा तस्वीर ह्वाट्सएपमार्फत पीडितका परिवारजनलाई पठाएका ब्यूरोले जनाएको छ।

निसादविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्